FAQs Complain Problems

संक्षिप्त परिचय

नेपाल राज्यको हाल कर्णाली प्रदेशमा पर्ने मुगु जिल्ला अन्तर्गत साविक श्रीनगर,कार्कीवाडा,रोवा,रुगा र पिना गाँउविकास समितिहरु गाभिएर हालको छाँयानाथ रारा नगरपालिका बनेको हो । धार्मिक मान्यता अनुसार महत्वपूर्ण धामहरु केदारनाथ,बद्रीनाथ,मुक्तिनाथ,पशुपतिनाथ मध्येको छायाँनाथ पनि एउटा प्रशिद्द धाम हो । छायाँनाथ ठाकुर ज्यूको नित्य पुजाको लागि हालको छायाँनाथ रारा न.पा. १ चैन गाँऊमा गाथ रहेको छ । नेपालकै सबै भन्दा ठुलो ताल यसै नगरपालिकामा रहेकोले छायाँनाथ मन्दिर र रारा तालको नाम बाट नेपालमा नयाँ संघिय संरचना लागु हुदा २०७३ सालमा यस नगरपालिकाको नाम छायाँनाथ रारा नगरपालिका नामाकरण गरिएको हो । नेपालमा पहिलो पटक संम्विधान सभा बाट नेपालको संम्विधान निर्माण भई जारि भएको छ । यसले देशलाई एकात्मक तथा केन्द्रीकृत शासन व्यवस्थाबाट संघिय लोकतन्त्रिक गणतान्त्रिक मुलुकका रुपमा रुपान्तरित गरेको छ । २०६८ सालको जनगणना  अनुसार यस नगरपालिकाको कूल जनसंख्या २००७८ र कूल घरधुरि संख्या २८९४ रहेको छ । जग्गाको क्षेत्रफल ४८०६९ हेक्टर र खेतियोग्य जमिन ४४०३ हेक्टर रहेको छ । कृर्षीको लागि माटो राम्रो भएपनि भिरालो जग्गा,पलाैट नमिलेको र परम्परागत कृर्षि प्रणालि, सिचाईको असुविधाका कारणले कृर्षकको जीवनस्तरमा परिवर्तन आउनसकेको छैन । केही कृर्षकहरुले भने यस नगर भित्र बाह्रै महिना सागपातमा आत्मा निर्भर रहेका छन् ।  

जन प्रतिनिधि